धनुषामा बम बिस्फोट
वि.सं.२०७६ मंसिर २९ आइतवार ०१:४८
9.53K
shares
shares

काठमाडौं । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका(५ का ४६ वर्षिय राजेश साहले सुत्नुअघि घरको भित्रि ढोकामा एक झोलामा प्रेसरकुकर झुन्ड्याइएको देखेर प्रहरीलाई खबर गरे ।
प्रहरी निरिक्षक अमिर दहाल आएर भीड पन्छाउन सुरक्षाकर्मिलाई आदेश दिए र आफू बम राखिएको ढोकातिर अघि बढे । उनीसँगै घरधनी साह र उनका छोरा आनन्द पनि थिए । ‘उनीहरु ३–४ पर हुँदै ठूलो आवाजसहित बम पड्कियो,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले भने, ‘कसैले बम नछुँदै पड्कियो ।’
सो बम १ बजे जडान गरिएको थियो, १२ बजे पड्कियो । बिष्फोटमा परि ३ जनाको मृत्यु भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।



















