काठमाडौंबाट ८६ चिनिया नागरीक पक्राउ

6.84K
shares

काठमाडौं । पर्यटक भिसामा नेपाल आएर उपत्याकााभत्र बिभिन्न शंकास्पद गतिबिधि गरेको आरोपमा ८६ चिनिया नागरीक पक्राउ परेको छ ।

बैंक ह्याकिङ गर्न सक्रिय रहेका चिनिया नागरीकलाई प्रहरीले काठमाडौंका बिभिन्न क्षेत्रबाट सोमबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अहिले पनि खानतलासीको काम जारी रहेको जानकारी दिए ।

‘पर्यटक भिसामा नेपाल आएका विदेशीहरु शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खानतलासी शुरु गरिएको हो । अहिले पनि छापा हान्ने क्रम जारी छ,’ एसएसपी सुवेदीले भने ।

‘उनीहरु फेरि पनि नेपालमा बैंक ह्याक गर्ने तथा अन्य अवैध गतिविधिमा संलग्न रहेको सूचना केही हप्ता अगाडि आएको थियो,’ खबरहबको सम्पर्कमा आएका काठमाडौं प्रहरीका अधिकारीले भने, ‘केही दिनको अनुसन्धानबाट उनीहरु बस्ने ठाउँ पत्ता लागेर खानतलासी शुरु गरिएको हो ।’

प्रहरीले गत असोज महिनामा मात्रै नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटिरहेको अवस्थामा केही चिनियाँहरुलाई पक्राउ गरेको थियो ।

एटीएम ह्याक गरी रकम लुटपाटमा संलग्न चिनियाँहरु अहिले बैंकिङ कसुर तथा संगठीत अपराधअन्तर्गत मुद्दाको पुर्पक्षका लागि जेलमा छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083