बुहारी दलित भन्ने थाहा पाएपछि हत्या

Nepal Life Insurance Long Ad

काठमाडौं । २०७४ सालयता १९ वर्षीया संगीता विश्वकर्मा र गोविन्द कार्कीबीच टेलिफोनमा संवाद हुन्थ्यो। टेलिफोन संवादकै क्रममा उनीहरूबीच प्रेम सम्बन्ध भयो । गोविन्दले संगीताको थर सोध्दा ‘मगर’ भनेकी थिइन् । यहीबीचमा २०७४ असोज २९ गते उनीहरूले बिहे गरे । भागेर बिहे गरेका उनीहरूलाई बाबु-आमाले भित्र्याए ।

उनीहरू केही समय घरमै रहँदा संगीता विश्वकर्मा भएको थाहा भयो। प्रहरीका अनुसार यो कुरा थाहा पाएपछि परिवारले गोविन्दलाई फकाइफुल्याइ गर्न थाले । उनी पनि परिवारको कुरामा राजी भएपछि बाबु र दुई छोरा भएर संगीतालाई मार्ने योजना बनाए ।

२०७४ साल कात्तिक १४ गते संगीताको शव सिम्लेको एक जंगलमा फेला पर्‍यो । बिहे गरेको १५ दिनमै उनको शव फेला परेको थियो ।झुण्ड्याएर हत्या गरी मान्छे नचिनियोस् भनेर उनीहरूले संगीताको अनुहारमा एसिड पनि छ्यापिदिएका थिए । शव फेला पर्नाबित्तिकै माइती पक्षले तीनै जनाविरूद्ध किटानी जाहेरी प्रहरीमा दिए ।

संगीता उदयपुरगढी-५ बाहुनीटारकी हुन् ।
उनलाई परिवारले ‘उपल्लो जात’को केटासँग बिहे नगर भनेका पनि रहेछन्। तर, संगीताले ‘प्रेम सम्बन्ध हो, केही फरक पर्दैन’ भन्ने गरेकी थिइन् । किटानी जाहेरीपछि प्रहरीले लामो समय अनुसन्धान गर्‍यो । तर, प्रतिवादी पक्राउ परेका थिएनन् ।

उदयपुरका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीका अनुसार उनीहरू सबै भागेका थि।
भाग्नेबित्तिकै शंका उनीहरूतिरै बढी केन्द्रित भय । केही समय श्रीमान्,ससुरा र देवर दार्जिलिङ गएका थिए । गत मंसिर २२ गते मनबहादुरदेवर घरमा रहेको थाहा पाएपछि प्रहरी टोली गएको थियो । उनलाई घरबाटै पक्राउ गरेपछि नैनबहादुरससुरा र गोविन्द काठमाडौंमा रहेको पत्ता लाग्यो ।

दुवैलाई प्रहरीले काठमाडौंको कपनबाट २३ मंसिरमा नियन्त्रणमा लियो । तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेपछि उनीहरूले घटना कबुल गरे । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गर्‍यो । आइतबार तीनै जनाविरूद्ध मुद्दा दर्ता भएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठायो ।

उदयपुर कटारी नगरपालिका-४ सिम्लेका मनबहादुर कार्की, नैनबहादुर कार्की र गोविन्द कार्कीलाई अदालतले सोमबार कारागार चलानको आदेश दिएको हो । अदालतले तत्काल प्राप्त प्रमाणले उनीहरूलाई निर्दोष मान्न सकिने आधार नदेखिएकाले पुर्पक्षका लागि कारागार चलाउन आदेश गरेको स्रेस्तेदार राजकुमार आचार्यले बताए ।

इलाका प्रहरी कार्यालय कटारीले संगीता विश्वकर्माको हत्यामा संलग्न भएको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । आइतबार तीनै जनाविरूद्ध वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो ।


कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ जेठ २६ सोमवार

काठमाडौ । विपद् लगायत विपद्का घटनाको उद्रार एबं व्यवस्थापन कार्यक्रमको...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

आईजीपी दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा १-१८४औं समूहको प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन

आईजीपी दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा १-१८४औं समूहको प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय...