नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ
वि.सं.२०७६ चैत ६ बिहीवार १०:००
5.51K
shares
shares

मध्यपुरथिमि।
महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाल मजदूर किसान पार्टीको नाममा नक्कली लेटर प्याड तथा छाप बनाइ चन्दा उठाउँदै हिँड्ने एक जनालाई पक्राउ गरेको छ ।
मध्यपुरथिमि नगरपालिका–५ राधेराधेबाट काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौँडा बस्ने ५० वर्षीय गोपालबहादुर पुर्कुटीलाई बुधबार पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो।
पुर्कुटीलाई नेमकिपाको लेटर प्याड, विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छापसहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।































