खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीकाे हत्या
वि.सं.२०७७ साउन ४ आइतवार ०९:४८
shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ८० वर्षकी श्रीमतीलाई ७७ वर्षका श्रीमानले खुकुरी प्रहार गरी हत्या गरेकाे छ।
शनिबार राति १२ः३० बजे सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १३ स्थित छापभन्ज्याङ अन्जादी वर्ष ७७ को भैरव तामाङले आफ्नै श्रीमती वर्ष ८० की बुद्धीमायाँ तामाङलाई खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।
भैरवले आफ्नै घरमा रहेको धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या गरेको खबर शनिबार बिहान ७ बजे प्रहरी चौकी बाहुन्नेपाटीमा खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय मेलम्चीको टाली घटना स्थल पुगेको थियो ।
श्रीमतीको छिनेको टाउको लास घरभित्र रहेको र टाउको घरदेखि १०० मिटर बाहिर रहेको अबस्थामा भेटिएका प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
श्रीमती काट्ने तामाङलाई इलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको डीएसपी काफ्लेले जानकारी दिए ।




















