६ विघा जमिन कब्जा (विज्ञप्तिसहित)
वि.सं.२०७७ साउन ४ आइतवार १०:१८
shares

सार्वजनिक जग्गा निजिकरण गरेको भन्दै विप्लव माओवादीद्धारा संचालित जनसत्ताले कोहलपुरमा जग्गा कब्जा गरेकाे घोषणा गरेको छ ।
आइतबार बिहान प्रेस वक्तब्य जारी गर्दै थारुवान स्वय प्रदेश जनपरिषद बाँकेले कोहलपुर नगरपालिका ४ किरण नाला नजिकै ७७, ७८ र ७९ नं. कित्ता रहेको करिब ६ विघा सार्वजनिक जग्गा जनसत्ताले कब्जामा लिएको जनाएकाे हाे।
जिल्ला परिषद बाँकेका प्रमुख परिवर्तनद्धारा जारी गरीएको प्रेस वक्तब्यमा उक्त जग्गा नियन्त्रणमा लिइएको उल्लेख गरीएको छ ।
सत्ताको पहुँच र पावरमा भुमाफियाहरुको गिरोहले सार्वजनिक जग्गामाथी गरेको लुटखसोटप्रति जनसत्ताको गम्भीर ध्यानाकर्षण भएको भन्दै जिल्ला परिषद बाँकेले त्यसको भत्सर्ना समेत गरेको छ ।
साथै जिल्लामा विभिन्न भुमाफिया गिरोहहरुले जनविरोधी गतिविधि संचालन गरीरहेकाले जनसत्ताद्धारा त्यसको सुक्ष्म अध्ययन तथा अनुसन्धान भईरहेको समेत प्रेस वक्तब्यमा उल्लेख गरीएको छ ।





















