चितवनको पिप्लेमा एक राउण्ड हवाई फायर

15.65K
shares

चितवनको पिप्लेमा एक राउण्ड हवाई फायर भएको छ ।

निषेधाज्ञाको समयमा भीडभाड गरेको र स्थानीय २ पक्षबीच झडप हुने अवस्था आएपछि प्रहरीले १ राउण्ड हवाई फायर गरेको हो ।

पूर्वीचितवनको राप्ति नगरपालिका १ पिप्लेमा हवाई फायर भएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पुष्टि गरे ।

अहिले अवस्था सामान्य बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सो ठाउँमा नेपाल आर्मी, सशस्त्र प्रहरी पनि परिचालित भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी सूर्यबहादुर थापाले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083