नक्कली सुन बेच्दै हिड्ने दुई जना पक्राउ

6.83K
shares

काठमाडौं । काभ्रे बनेपा नगरपालिका ७ का राजेन्द्र थापालाई सस्तोमा सुन दिन्छु, भनि नक्कली सुन देखाएर २८ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौं बाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाम दोरम्बा गाउँपालिका ७ का अजय तामाङ र विष्णु मोक्तान रहेका प्रहरीले जानकारी दिएको छ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलिले एउटालाई कोटेश्वरबाट र अर्कोलाई स्वयम्भु बाट पक्राउ गरेको हो। एक किलो सुन जस्तो देखिने धातुलाई सुन हो भनेर विश्वास दिलाएर गत पुस २३ गते काठमाडौंमा थापा बाट २८ लाख ६० हजार रुपैयाँ लिएका थिए।

पछि परीषण गर्दा थापाले सुन भनेर किनेको वस्तु सुन नभएर सुन जस्तै देखिने नक्कली धातु भएको ठहरीएको थियो। त्यस पछि थापाले ठगीएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। लामो समय पछि पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालत बाट पाँच दिनका लागि म्याद थप गरी ठगी मुद्दामा अनुसन्धान भर्इ रहेको प्रहरी कार्यलयले जनाएको छ।


divya collage
unigloble collage