युट्युबमा अश्लीलता फैलाउने भिडियो पोष्ट गर्ने मल्ल कर्याप्यै

Nepal Life Insurance Long Ad

युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण गर्ने एक युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्‍यूरोले निसीखोला गाउँपालिका- १ खापापानी स्थायी घर भई काठमाडौँ महानगरपालिका- ३१ अनामनगर बस्‍दै आएका रामबहादुर मल्ललाई पक्राउ गरेको हो ।

आइतबार अनामनगरबाट पक्राउ परेका मल्ललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको ब्‍यूरोका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने भिडियो बनाएर सार्वजनिक गरेको प्रहरीको भनाइ छ ।

१३ पुस २०७८, मंगलवार १२:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु