डाक्टर पढ्दै गरेका एक युवक बलात्कारको आरोपमा पक्राउ
वि.सं.२०७५ वैशाख ६ बिहीवार १२:५४
6.07K
shares
shares

डाक्टर पढ्दै गरेका युवकद्धारा किशोरीको बलत्कार
विराटनगर । किशोरीलाई बलात्कार गरेको आरोपमा डाक्टर पढ्दै गरेका युवक पक्राउ परेका छन् । विराटनगर स्थित नोवेल मेडिकल कलेजमा एमबीबीएस नवौं व्याचमा अध्ययनरत मनिष मिश्रलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । सप्तरी वालन वेलाही गाउँपालिका ४ का २२ वर्षीय मिश्र माथि सुनसरी इहटरी घर भएकी किशोरीलाई बलात्कार गरेको अभियोग परेको छ ।
विराटनगर स्थित एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई आफ्नो कोठामा बोलाएर मंगलबार साँझ बलात्कार गरेको उजुरी मिश्र माथि परेको छ । किशोरीले बुधबार आफु माथि घटेको घटना प्रहरी कार्यलय समक्ष जानकारी गराए पछि मिश्रलाई नियन्त्रणमा लिएको मोरङ प्रहरी कार्यलयले जनएको छ।












