अनलाइनमार्फत ठगी धन्दामा संलग्न युवती पक्राउ

8.39K
shares

काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई काठमाडौंको टोखा नगरपालिका–६ बस्ने २८ वर्षीया ददिकी शेर्पा (राई) छिन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनले फेसबुक, ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सञ्जालको माध्यमबाट साथी बनाउने र उनीहरुको जिमेल आईडीमा फीफीए एमको यूआरएल लिंक पठाउने गरेकी थिइन्। त्यसपछि उक्त एप इन्टल गर्न लगाउने र बैंक खाता लगायतको बायोडाटा विवरण अपडेट गर्न लगाउने गरेकी थिइन्।

त्यसपछि उक्त एपबाट हुने आर्थिक कारोबार नेपालमा कानुन बमोजिम रहेको भनी विश्वास दिलाउने र अनलाइन जुवा (गेम्ब्लिङ) एप फीफीए एपबाट बेटिङ खेलाई ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

उनले विभिन्न देशहरुमा हुने फुटबल तथा क्रिकेटहरुको अनलाइन बेटिङ खेल्नका लागि  रकम डिपोजिट गर्न लगाउने र डिपोजिट गरेको ९० मिनेट भित्र लगानी गरेको रकममा १.४८ प्रतिशतका दरले फाइदा हुने बताउने गरेकी थिइन्। यसरी झुटा आश्वासन दिएर रकम जम्मा गर्न लगाएर उनले ११ लाख २७ हजार रुपैयाँ ठगी गरिसकेको पाइएको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083