कृषि विकास बैंकको लाभाङ्श स्वीकृत

4.85K
shares

काठमाडौँ । सरकारी स्वामित्वको कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभाङ्श दिने भएको छ ।

आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट बैंकले छ प्रतिशत शेयर लाभाङ्श र २४ प्रतिशत नगद लाभाङ्श दिने भएको हो ।

वितरणयोग्य मुनाफाबाट उक्त लाभाङ्श वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छन् । नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएकाले उक्त लाभाङ्श वितरण गरिनेछ ।

सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक छ प्रतिशतले हुने नगद लाभाङ्श रकमसमेत प्रदान गर्ने निर्णय भएको बैंकका कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083