जाजरकोट-डोल्पा सडकमा पाँच बेलिब्रिज बन्दै

Nepal Life Insurance Long Ad

डोल्पा । जाजरकोट-डोल्पा सडकखण्डमा पाँचवटा बेलिब्रिज पुल बन्ने भएका छन् । यस सडकखण्डअन्तर्गत पर्ने ठूलोभेरी नदीमा दुई र अन्य साना खोलाहरुमा तीन गरेर पाँचवटा बेलिब्रिज बन्ने भएका हुन् । पाँचैवटा बेलिब्रिज पुलको निर्माण आगामी असोजभित्रै निर्माण गर्ने सडक विभागले जनाएको छ । पाँचवटा बेलिब्रिज पुलमध्ये चारवटा त्रिपुरासुन्दरी नगरपालिका र एउटा ठूलीभेरी नगरपालिकामा बन्ने भएका छन् । गत मङ्सिरमा मात्रै प्रारम्भिक सर्वे सम्पन्न भएर पनि पाँचवटै पुलको अन्तिम सर्वे सम्पन्न भइसकेकाले पुल निर्माण प्रक्रिया शुरु भइसकेको सडक विभागले जनाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने करोपगाड खोला, खदाङ्गको हरियापानीस्थित ठूलीभेरी नदी, त्रिपुराकोटको छलगाड खोला, त्रिपुराकोट बगरस्थित ठूलीभेरी नदी र ठूलीभेरी नगरपालिकामा पर्ने रुपगाड खोलामाथि बेलिब्रिज बनाइने छ । सडक विभागका इन्जिनीयर रोशन केजुवाल र बिएनबी कन्सल्टेन्सीका प्रतिनिधि सौरभ शाहको टोली बेलिब्रिज पुलको अन्तिम नक्साङ्कन गरी फर्किएको छ । उक्त टोलीले जाजरकोटदेखि डोल्पाको रुपगाडसम्म निर्माण गर्नुपर्ने बेलिब्रिज पुलको अन्तिम डिजाइन सम्पन्न गरेर काठमाडौं फर्किएको हो । बेलिब्रिज पुलको अन्तिम नक्साङ्कन गर्ने कार्य सम्पन्न भइसकेकाले काठमाडौँमा पुगेर सबै प्राविधिक कार्य एक महिनाभित्र सम्पन्न गर्ने बताइएको छ ।

प्राविधिक कार्य सम्पन्न भएलगत्तै बिएनबी कन्सल्टेन्सीमार्फत सडक विभागले बेलिब्रिज निर्माण गर्ने र कम्पनीलाई पाँचवटा पुल बनाउन झण्डै पाँच महिना लाग्ने सडक विभागका इन्जिनीयर रोशन इन्जिनीयर केजुवालले बताए । करबगाड खोलादेखि रुपगाड खोलासम्म पाँचवटै बेलिब्रिज निर्माण भई जडान भएपछि रुकुम पश्चिम जिल्लामा पर्ने छरेबगरदेखि डोल्पा सदरमुकाम दुनैसम्म सिधा यातायात सेवा सञ्चालन हुनेछ । पाँचवटै बेलिब्रिजहरु २०७७ असोजसम्ममा जडान भई सञ्चालनमा आउने सडक विभागले जानकारी दिएको छ ।


उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...

साइबर ब्युरोद्वारा सर्वसाधारणलाई सतर्क रहन आग्रह

साइबर ब्युरोद्वारा सर्वसाधारणलाई सतर्क रहन आग्रह

२०८२ जेठ १७ शनिवार

काठमाडौँ । नेपाल प्रहरीले अनधिकृत पहुँच र फिसिङ एसएमएसमार्फत ठगीका...

एसएसपी नवराज अधिकारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा नियुक्त

एसएसपी नवराज अधिकारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा नियुक्त

२०८२ जेठ १७ शनिवार

काठमाडौं   ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा वरिष्ठ प्रहरी...