बढ्यो सुनचाँदीको मूल्य

9.65K
shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ८ सयले बढेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ८ सय रुपैयाँमा रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083