न्युरोडमा सञ्चालनमा आयो महर्जन कम्प्लेक्स, युनेस्कोले गर्यो प्रशंसा

न्युरोडमा महर्जन बिजनेस एसोसिएटले निर्माण गरेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ । दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण उक्त योजना पछि धकेलिएको थियो ।
कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार कम्प्लेक्सका पसलहरु सञ्चालन आइसकेको बताएका छन् । व्यवसायीले व्यवसाय सञ्चालनपूर्वका तयारी एवं सजावटको काम धमाधम गरिरहेका छन् ।
९ मंसिर २०७८, बिहीवार १३:०४ बजे प्रकाशित