न्युरोडमा सञ्चालनमा आयो महर्जन कम्प्लेक्स, युनेस्कोले गर्यो प्रशंसा

8.42K
shares

न्युरोडमा महर्जन बिजनेस एसोसिएटले निर्माण गरेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ । दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण उक्त योजना पछि धकेलिएको थियो ।

कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार कम्प्लेक्सका पसलहरु सञ्चालन आइसकेको बताएका छन् । व्यवसायीले व्यवसाय सञ्चालनपूर्वका तयारी एवं सजावटको काम धमाधम गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत प्रशंसा गरेको कम्प्लेक्सका केही कबल खरिद तथा भाडाको लागि उपलब्ध रहेको पनि उनले जानकारी दिए । उनका अनुसार उक्त कम्प्लेक्सको स्पेस आफ्नै स्वामित्वमा रहने गरी खरिद गर्न सकिन्छ ।
कतिपय व्यवसायीले स्पेस किनेर र कतिपयले भाडामा लिएर व्यवसाय सुरु गरिसकेको तथा सुरु गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । ‘यसले देशकै मुटु राजधानी, राजधानीको पनि मुटु न्युरोडमा आफ्नो प्रोपर्टी होस् भन्ने चाहना राख्नेहरुको इच्छा पूरा गर्छ,’ महर्जनले भने, ‘विदेशमा रहेका कतिपय नेपालीले त्यही चाहना पूरा गर्न यो कम्प्लेक्समा स्पेस खरिद गर्नुभएको छ ।’
व्यवसाय सञ्चालनको हिसाबले उक्त कम्प्लेक्स सहरकै सबैभन्दा अब्बल ठाउँमा रहेको उनको भनाइ छ । ‘काठमाडौंमा सबैभन्दा बढी भीडभाड हुने ठाउँ भनेकै असन, इन्द्रचोक, न्युरोड नै हो,’ महर्जनले भने, ‘महर्जन कम्प्लेक्स त्यही ठाउँमा छ, जहाँ सबै तह र तप्काका नागरिक पुग्छन् । यहाँ गरेको लगानी तीन वर्षमा उठ्ने अनुमान गरिएको छ ।’

 



divya collage
unigloble collage
baneshwor multiple campus ad -2083