कारोबार रकम निरन्तर सुधार

वि.सं.२०८२ असार ८ आइतवार १६:५७
shares

साताको पहिलो दिन आइतबार ३२ अंकले नेप्से घट्दा ९ अर्ब १४ करोडको कारोबार भएको हो . आइतबार नेप्सेमा कारोबार भएका सम्पूर्ण समूहगत सूचकहरू घटेपछि त्यसको नकारात्मक असर नेप्से परिसूचकमा देखिएको हो । कारोबार सुरु हुँदा २६२८=९१ अंकमा रहेको नेप्से ३२=९३ अंकले घटेर २५९५=९७ अंकमा झरेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ४=८७ अंक घटेको छ । पछिल्लो समय सेयर बजार सूचक घटे भए पनि कारोबार रकम बढेको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घटेको छ । वित्तीय प्रणालीको ब्याजदर र सेयर बजारको सम्बन्ध उल्टो हुन्छ ।
त्यसैले ब्याजदर घटेको अवस्थामा वित्तीय क्षेत्रको पैसा सेयर बजारमा परिचालन हुने गर्छ । त्यसले गर्दा पनि कारोबार रकम बढेको हो । त्यसैगरी पछिल्लो समय सेयर बजारमा जाने कर्जाका सन्दर्भमा नेपाल राष्ट्र बैंक पनि लचक भएपछि धितोपत्र बजारमा लगानी बढ्न थालेको हो । सेयर बजारमा कारोबार रकम बढ्नु भनेको सकारात्मक संकेत हो । बजारमा लगानी भित्रिरहेको हुनाले आगामी दिनमा बजार बढ्ने संकेतका रूपमा पनि बुझिन्छ ।
आइतबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचक बैंकिङ ११=४९, विकास बैंक ४६=८८, फाइनान्स २५=८७, जलविद्युत् १००=९७, माइक्रोफाइनान्स ५४१=६, होटल २१७=४२, अन्य १४=१६, सामूहिक लगानी कोष ०=०७, उत्पादन ७५=०५, व्यापार २९=४७, जीवन बीमा १३५=२३, निर्जीवन बीमा समूह ५८=३४ अंकले घटेका छन् । आइतबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये २३ को सेयर मूल्य बढेको छ । त्यसैगरी २ सय २५ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९=९८ प्रतिशतले बढेको छ ।
आइतबार नेप्सेमा ३ सय १० कम्पनीको ८७ हजार ३ सय २ कारोबारबाट २ करोड १५ लाख ४७ हजार कित्ता सेयर ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँमा किनबेच भएको छ । आइतबारको कुल बजार पूँजीकरण ४३ खर्ब २५ अर्ब पुगेको नेप्सेले जनाएको छ