रास्वपाले दियो बुर्लाकोटीलाई महामन्त्री र झालाई प्रवक्ताको जिम्मेवारी

6.12K
shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कबिन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय चमतिमा बसेको केन्द्रीय समितिको बैठकले बुर्लाकोटीलाई महामन्त्री तोकेको हो। यसअघि बुर्लाकोटी कार्यवाहक महामन्त्री थिए।

बैठकले कार्यवाहक हटाएर उनलाई महामन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।आजकै बैठकबाट मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिएको छ। झा यसअघि कार्यवाहक प्रवक्ता थिए। बैठकले दुई पदको कार्यवाहक हटाएर जिम्मेवारी तोकेको प्रवक्ता झाले जानकारी दिए।


divya collage
unigloble collage