दोहोरो आवेदनले माथिल्लो तामाकोशीको शेयर बाँडफाँटमा समस्या

Nepal Life Insurance Long Ad

काठमाडौं । माथिल्लो तामाकोशीको शेयरका लागि आवेदन दिएका सबैले ४० कित्ताका दरले शेर पाउने भएका छन् ।

तर, शेयर बाँडफाँटको काममा भने केहि ढिलाइ हुने भएको छ । कतिपय पहिले शेयर भएकाहरुले दोहोर्‍याएर आवेदन दिएपछि दोहोरिएका आवेदन हटाउनका लागि बिक्री प्रबन्धक नागरिक लगानी कोषले आवेदन जाँच गरिरहेको छ ।

कोषका मर्चेन्ट बैंकिङ विभागका प्रमुख रोशनजंग कार्की आवेदन दोहोर्‍याएर दिएपछि समयमै सर्बसाधारणका लागि खुला गरिएको शेयरको बाँडफाँट गर्न नसकिएको बताउँछन् । यसअघि कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि सेयर निष्काशन गरेको थियो ।

सो समयमा आवेदन दिएकाहरुले फेरि तेस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरिएको शेयरमा दोहो¥याएर आवेदन दिएपछि त्यस्ता आवेदकलाई हटाउने काम भइरहेको छ । कार्कीका अनुसार अहिलेसम्म १२ हजारको हाराहारीमा त्यस्ता आवेदकलाई छानिसकिएको छ ।

कार्कीले यसअघिका आवेदकलाई डिम्याट अनिवार्य नगरिएको कारण अहिले छान्न समस्या भएको बताए । उनले भने, ‘डिम्याट भइदिएको भए सिस्टम आफैले त्यस्ता आवेदन लिदैनथ्यो । डिम्याट लागू नगरिएकाले दोहोरीको आवेदन छान्न झन्झट भइरहेको छ ।’ तेस्रो चरणको शेयरमा ३ लाख ४६ हजार १ सय ६६ जनाको ६ अर्ब ७० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कोषले मंसिरको पहिलो साता शेयर बाँडफाँट गर्ने गरी काम अघि बढाएको छ ।

यदि सो समयमा पनि नसकिए दोस्रो सातामा भने बाँडफाँड हुने कार्की बताउँछन् । कोषका अनुसार आवेदन दिएका सबैले ४० कित्ता पाउने र केहीले ५० कित्ता पाउने छन् । कम्पनीले कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणको लागि शेयर निष्काशन गरेको थियो । सो शेयर अहिलेसम्म बाँडफाँट हुन नसकेको हो ।


लुम्बिनीको अशोक स्तम्भ जोगाउन विज्ञहरुको सुझाव अनुसार दियो सेड सारियो-उपाध्यक्ष डा.लामा

लुम्बिनीको अशोक स्तम्भ जोगाउन विज्ञहरुको सुझाव अनुसार दियो सेड सारियो-उपाध्यक्ष डा.लामा

२०८० फागुन ७ सोमवार

लुम्बिनी। शान्तिका अग्रदुत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रुपमा...

रामाग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

रामाग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

२०८० माघ १५ सोमवार

लुम्बिनी। भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि...

निर्वाचन आयोगले कलंकको टीका लगाउने काम गर्दैछ- नेता पाण्डे

निर्वाचन आयोगले कलंकको टीका लगाउने काम गर्दैछ- नेता पाण्डे

२०७७ माघ १६ शुक्रवार

काठमाडौं । निर्वाचन आयोगप्रति नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरू आक्रोशित...

अज्ञात समुहद्बारा घोडाघोडी नगरपालिकाको गाडिमा आगजनी

अज्ञात समुहद्बारा घोडाघोडी नगरपालिकाको गाडिमा आगजनी

२०७७ साउन ६ मंगलवार

कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी भएको छ । नगरपालिकाको स्कारपियो...

दैलेखमा आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई  गोठमा राखियो

दैलेखमा आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई  गोठमा राखियो

२०७७ जेठ २२ बिहीवार

सुर्खेत : भारतबाट फर्किनेको संख्या बढेसँगै कर्णालीमा दिनहुँ कोरोना संक्रमित थपिन...

मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु

२०७७ वैशाख ८ सोमवार

काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारीस्तरबाट गर्नुपर्ने थप...