‘रोजगारीको अवसर सिर्जना गर्न सहकारीलाई कर छुट’ : अर्थमन्त्री खतिवडा

4.68K
shares

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले समाजप्रति उत्तरदायी हुन सहकारी उद्यमीहरुलाई आग्रह गरेका छन्।

अर्थमन्त्री खतिवडाले उत्पादन बढाउने र रोजगारीको अवसर सिर्जना गर्न सहकारी उद्यमीहरुलाई मात्रै सरकारले कर छुटलगायतका सहायता उपलब्ध गराउने पनि स्पष्ट पारे। उनले हाल सञ्चालन भईरहेका सहकारी उद्यमले निजी उद्यमको जस्तै मुनाफालाई मात्रै ध्यान दिएकोमा असन्तुष्टि पनि व्यक्त गरे।

राष्ट्रिय सहकारी महासंघ नेपालद्वारा बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले आफ्ना सदस्यहरुको साझा हित प्रवद्र्धनमा लाग्ने सहकारी उद्यमलाई मात्रै सरकारले उच्च प्राथमिकता दिने पनि बताए। अर्थमन्त्री खतिवडाले उपभोक्ताको हितलाई केन्द्रमा राखेर सहकारी संस्थाहरुलाई लगानी गर्न पनि सचेत गराए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083