फेरि बढ्यो नेपाली बजारमा सुनको भाउ
वि.सं.२०७५ वैशाख २ आइतवार ११:३२
9.87K
shares
shares

नेपाली बजारमा सुनको मुल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । हिजो मात्र बजारमा सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो, भने आइतबार सुनको मूल्य बढेर ५८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, बजारमा चाँदीको मूल्य भने स्थिर नै रहेको छ । शुक्रबार बजारमा चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने आज आइतबार यही मूल्यमै कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ ।


























