आज ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

4.55K
shares

काठमाडौं । गत बुधबार एकै पटक ६ सय रुपैयाँ बढेर ६ वर्ष यताकै महँगोमा कारोबार भएको सुनको मूल्य आज आईतबार ह्वात्तै घटेको छ। आज आईतबार छापावाल सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदीको मूल्य प्रतितोला ७७५ रुपैयाँ रहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083