समाजसेवी रघुनाथ पुरीद्धारा नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण
वि.सं.२०८० जेठ ७ आइतवार १६:१५
4.46K
shares
shares

काठमाडौ । ‘द रिभर ग्रुप’ कम्पनीका अध्यक्ष, उद्योगी व्यवसायी समाजसेवी रघुनाथ पुरीले मोरङ जिल्लाको बेलबारी १० बलुवाहीको एक विद्यालयमा भवन निर्माण गरेका छन् ।

श्री धीरनाथ सम्फूल विश्वास माध्यमिक विद्यालयमा आफ्नै ब्यक्तीगत लगानीमा दुई कोठे पक्की भवन बनाएका हुन्, साथै उनि यस बिद्यालयका पूर्ब बिद्यार्थी पनि हुन् ।
समाजसेवी पुरीद्धारा नवनिर्मित भवन एक विशेष समारोहका बीच विद्यालयलाई हस्तान्तरण गरेका हुन् । सो कार्यक्रमको अवसरमा उक्त विद्यालयले व्यवसायी रघुनाथ पुरीलाई विशेष धन्यवाद, सहित सम्मान समेत गरेको थियो ।
































