माग्ने बुढाको तिहार : पच्चिस पैसाको लागि भट्याउथे ‘देउसी’

Nepal Life Insurance Long Ad

काठमाडौँ । हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ सानोमा देउसी भैलो भन्ना साथ हुरुक्कै हुन्थे। साथिहरुको समुहमा आफै देउसी भट्याउन अघि सर्थे। किनकि भट्याउनेलाई २५ पैसा बढी मिल्थ्यो। माग्नेलाई सँधै २५ पैसाले तान्थ्यो अनि उनी अघि सर्थे र भन्थे- ‘आहै भन मेरा भाइ हो‘

सुनाए, ‘ ७/८ जनाको समुहमा पैसा पनि बढी पाइने, च्याँठी बोक्न पनि नपर्ने।’

त्यतिखेर गाउँमा बिजुली थिएन। टर्च लाइटको पनि चलन थिएन। माग्नेको देउसी खेल्ने टोली निगाँलोको मसिना लठ्ठी बालेर उकालो ओरालो हिँड्दै देउसी खेल्थे। ‘एक हप्तादेखि निंगालो सुकाएर तयारी गर्थ्यौं। त्यही बालेर बाटो उज्यालो पार्थ्यौ। एउटा घरबाट अर्कोमा पुग्न एक मुठ्ठी बाल्नु पर्थ्यो’, उनले पुराना कुरा सम्झे।

त्यतिखेर देउसी खेल्दा पैसा भन्दा बढी चामल, सेलरोटी पाउथे। देउसीमा कमाएको पैसाले बिस्कुट किनेर खान्थे। भने,’एक रुपैँयामा एक पुरिया बिस्कुट आउँथ्यो।‘ देउसी भैलो खेलेर रमाए पनि माग्नेलाई तिहारमा खड्कने एउटै कुरा थियो- दिदीबहिनी नहुनु। उनका तीन दाजुभाइ मात्र थिए। सानोमा त टिका लगाएपछि पैसा दिनुपर्छ भनेर पनि अभाव महसुस गरेनन्। तर ठूलो हुँदै जाँदा आफ्नै दिदी बहिनी हुनुपर्छ भन्ने महसुस गर्न थाले।

सबैले सानैदेखि काकाका छोरीहरुबाट टिका लगाए। तीनै काकाका छोरीहरु प्रतिक्षा, नीरा र नीशाको हातबाट आजसम्म टिका थाप्छन् उनी। भन्छन्,’सबैलाई बराबर दक्षिणा दिन्छु म।‘

यसपाली उनको तिहार काठमाडौंमा बित्दैछ। तर, पहिलेजस्तो रौनक महसुस गरेका छैनन्। किनकि यता न देउसी न भैलो। उनलाई त तिहार बालबालिकाहरुका लागि विषेश हो जस्तो लाग्न थालेको छ। ‘बालबालिकाहरु रमाउने, प्रतिभा प्रस्फुटन गर्न पाउने चाड हो यो। बच्चाहरु देउसी भैलो गाउछन्, नाच्छन्।

अब त आफूलाई देउसी भैलो खेल्नभन्दा पनि देउसी खेल्न आउनेहरुलाई सुन्न, नाचेको हेर्न र नाङ्गलोभरी दान दक्षिणा लिएर निस्कन खुब आनन्द लाग्ने बताए।


प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र  रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

२०८२ वैशाख ३१ बुधवार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतमले...

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

२०८२ वैशाख ३० मंगलवार

काठमाण्डौं। लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्तिश्री परियार फेरि...

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

२०८१ मंसिर १७ सोमवार

पार्टी कार्यालय वा संसद् भवनभित्र छिर्नुभन्दा अगाडि एकपटक घाटको दर्शन...

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

२०८१ असोज १४ सोमवार

काठमाडौं । आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित...

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

२०८१ भदौ १४ शुक्रवार

काठमाडौँ ।  चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका...

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

२०८१ भदौ १० सोमवार

काठमाडौं । प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा साजित महतको प्रस्तुतिमा तयार...