महले पस्के ‘दाल भात तरकारी’

5.59K
shares

काठमाडौं । मह सञ्चारको ब्यानरमा निर्माण हुने फिल्म ‘दाल भात तरकारी’ को राजधानीमा शुभसाइत गरिएको छ। बिहान ८:३१ बजेको साइतमा कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो।

मुहूर्त समारोहमा नायक पुष्पल खड्का र नायिका आँचल शर्माले शुभसाइत सट दिएका थिए। फिल्मका निर्माता किरण केसी हुन् भने यसको निर्देशन उनकै छोरा सुदन केसीले गर्दै छन्। मंसिर १ गतेबाट छायांकन सुरु हुने फिल्म ५० दिन लगाएर खिच्ने जानकारी निर्माता केसीले दिए।

‘दाल भात तरकारी’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वसुन्धरा भुसाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता सिंह, राजाराम पौडेल, प्रियंका कार्की, वर्षा राउत, पुष्पल खड्का, आँचल शर्मा, शिशिर वाङ्देनलगायतका कलाकारको अभिनय रहनेछ। फिल्ममा हरिवंश र निरुतालाई जोडीको रूपमा देख्न सकिनेछ। विल्सनविक्रम राई, यमन श्रेष्ठ, किरण केसीलगायतका कलाकारको पनि फिल्ममा अभिनय रहनेछ।

फिल्मका लेखक हरिवंशले सामाजिक कथा हास्यरसमा प्रस्तुत गर्न लागेको बताए। दाल, भात, तरकारी खानकै लागि मानिसले गर्ने संघर्ष हास्यरसमा फिल्मले उठाउने लेखक आचार्यले बताए। कलाकार पुष्पल खड्काले मह सञ्चारसँग जोडिन पाउँदा उत्साहित रहेको बताए। उनले ‘मंगलम्’ भन्दा ‘दाल भात तरकारी’ मा फरक भूमिका रहेको पनि बताए।

अभिनेत्री आँचल भने दोस्रो पटक एउटै टिमसँग सहकार्य गर्न पाउँदा खुसी देखिन्थिन्। स्वस्तिमा खड्कालाई रिप्लेस गरेर अभिनेत्री आँचल फिल्ममा भित्रिएकी हुन्। निर्माता केसीले ‘शत्रु गते’ मा भएका कमी कमजोरी ‘दाल भात तरकारी’ मा नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरे।

मित्र डी गुरुङको सम्पादन रहने फिल्मलाई दीर्घ गुरुङले खिच्नेछन्। कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरि पौडेललगायत निर्मातामा छन्। फिल्म २०७६ सालको वैशाख १३ गतेबाट रिलिज गर्ने योजना रहेको निर्माता केसीले जानकारी दिए। फिल्मका गीतमा शम्भुजित बाँस्कोटाको संगीत रहनेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083