यी चर्चित अभिनेत्री, जसले अस्वीकार गरेकी थिइन् शाहरुखको ‘चेन्नई एक्सप्रेस’

7.57K
shares

एजेन्सी । साउथ इण्डियन फिल्मकी चर्चित अभिनेत्री नयनतारा ३४ वर्ष पुगेकी छिन् । उनको भोलि जन्मदिन हो। उनको जन्म १८ नोभेम्बर, १९८४ मा कर्नाटकमा भएको थियो।

कयौँ साउथ इण्डियन फिल्मका काम गरेकी नयनतारा मूल रुपमा ईसाई थिइन्। उनको वास्तविक नाम डायना मरियम हो। तर उनले सन् २०११ मा हिन्दू धर्म अंगालेकी थिइन्। रिर्पोटका अनुसार नयनतारा अभिनेता तथा निर्देशक प्रभुदेवाको प्रेममा थिइन्। दुबैले विवाह पनि गर्ने योजना बनाएका थिए, तर प्रभु देवा पहिलै विवाहित भएका कारण विवाह हुन सकेन्। त्यसैले ३४ वर्षको उमेरमा पनि नयनतारा अविवाहित छिन्।

विवाहित भएको थापा पाउदापाउँदै पनि नयनतारा २००९ मा प्रभुदेवासँग लिभइन टुगेदरमा थिइन्। आफ्नो वैवाहित सम्बन्ध धरापमा पर्ने देखेपछि प्रभुकी पत्नी लताले २०१० मा फ्यामिली कोर्टसम्म पुगेकी थिइन् भने नयनतारासँग प्रभुको विवाह गरे आफू भोक हडतालमा बस्ने धम्की समेत दिएकी थिइन्। अन्ततः प्रभुले सन् २०१२ मा नयनतारासँग सम्बन्ध तोडेका थिए।

शाहरुख खानको फिल्म खेल्न अस्वीकार

प्राय शाहरुख खानको फिल्म खेल्नका लागि अभिनेत्रीको होड चल्ने गर्दछ। तर नयनताराले शाहरुखको फिल्म चेन्नई एक्सप्रेसमा आइटम गीत गर्न अस्वीकार गरेकी थिइन्। यो विषयलाई लिएर मिडियाले शाहरुखसँग काम गर्न अस्वीकार गर्ने पहिलो अभिनेत्री नयनतारा भन्दै समाचार बनाएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083