‘गोपी’ को पहिलो गीत ‘लक्ष्मी कहिले काली’ रिलिज (भिडियोसहित)

5.62K
shares

काठमाडौं । माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘गोपी’को पहिलो गीत सार्वजनिक भएको छ। बुधबार युट्युबमार्फत ‘लक्ष्मी कहिले काली’ बोलको गीत सार्वजनिक गरिएको हो।

साहित्यकार बुद्धि सागरको शब्द रचना रहेको गीतमा अर्जुन पोखरेल र अर्जुनका पिता बाबुराम पोखरेलको संगीत संयोजन रहेको छ। भजन शैलीको गीत भएकोले अर्जुनले भजन गायक पिताको सहयोग लिएका हुन्। गीतमा ध्रुव बिस्‍को र एन्जिला रेग्मीको स्वर रहेको छ। फिल्मको कथाअनुसार नै यस गीत र भिडियो तयार पारिएको निर्देशक दीपेन्द्र लामाले बताए। एमए पढेर पनि गाईपालनमा होमिएका एक युवाको संघर्षको कथा बोल्ने यस फिल्ममा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ।

फिल्मको पटकथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन्। ‘आरोही इन्टरटेनमेन्ट’ को व्यानरमा बनेको गोपीका कार्यकारी निर्माता श्रीधर पौडेल हुन्। काठमाडौंमा छायांकन गरिएको गोपीमा शैलेन्द्रध्वज कार्कीको सिनेमाटोग्राफी, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत समावेश छ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/bdMWpnRcCkA

 


divya collage
unigloble collage