‘बिग बोस १२’ बाट कसरी बाहिरिइन् ‍’सृष्टि रोडे’ ?

12.56K
shares

क‍ाठमाडौँ । सृष्टि रोडे ‘बिग बोस १२’ बाट बाहिरिएकी छिन्। उनले सोमा १० हप्ता बिताइन्। सलमानले विकेन्डका वारमा आउट हुने सम्भावित नाम लिन लगाउँदा सृष्टीले जसलीन मथारुको नाम लिएकी थिइन्। तर अन्तिममा उनी नै घरबाट बाहिरिइन्। दीपिका कक्करले भने सृष्टि कै नाम लिएकी थिइन्।

सोमा उनीसँग रोहित धेरै मिल्थे। सोबाट बाहिरिएपछि त्यहाँ निकै रमाइलो भएको सृष्टिले बताइन्। भारतीय मिडियालाई भनिन् ‘मलाई किन निकालियो, मलाई थाहा छैन। चकित भएँ। अहिले खुशी नै छु।’

करणवीर र सुर्भी टप तीनमा पुग्ने प्रतिस्पर्धी रहेको उनले द हिन्दुस्तान टाइम्सलाई बताइन्। अहिले दीपिका ‘बिग बस १२’को बिजेता बन्न सक्ने प्रतिस्पर्धी रहेको दर्शकले आंकलन गर्न थालेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083