रविलाई दिएको भोट अमितलाई, समर्थक आक्रोशित
वि.सं.२०७५ मंसिर २१ शुक्रवार १५:१२
shares

काठमाडौं । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन–२’ अन्तर्गत हिजो (बिहीबार) बाँकी पाँचै जनाले आआफ्नो प्रस्तुति दिएका थिए । उनीहरुले भोटिङका लागि प्रस्तुति दिएका हुन् । बिहीबारको प्रस्तुतिको आधारमा प्रतिस्पर्धीले भोट पाउने छन् । र, कम भोट पाएको प्रतिस्पर्धी आइडलको मञ्चबाट विदा हुने छ । ‘टप फोर’ का लागि भएको प्रतिस्पर्धामा रवि ओडले एक ठाउँमा गरेको थोरै गल्तिबाहेक शुक्रबारको अंक समग्रमा गज्जब रह्यो । नयाँ गीत, त्यही माथि झट्ट गाउँदा रवि केही अलमलिएका थिए ।
निर्णायकले पनि रविप्रति उत्साह थप्न कहिलेकाहिँ गल्ति हुन्छ तर त्यसबाट पाठ सिक्नुपर्छ भन्दै सुझाब दिएका थिए । विगतका अंकमा ‘दमदार’ प्रस्तुति दिदैं सर्वाधिक भोट पाएका रविले हिजोको प्रस्तुतिबाट पनि त्यहीँ अपेक्षा गरेका छन् । तर, दुर्भाग्य आज रविलाई जानुपर्ने भोट अर्कै प्रतिस्पर्धीलाई गएको देखिएको छ । अधिकांश समथर्कले रविलाई गरेको भोट आइडलमा बाँकी रहेका प्रतिस्पर्धी अमित बराललाई गएको देखाएको छ । मोबाइल फोनबाट गरेको भोट अमितलाई गएको हुनसक्ने शंका उब्जिएको छ ।
उब्जिनु पनि स्वभाविक हो । हेर्नुस् रविको भोटिङ कोडमा पठाएको भोट अमितलाई गएको सन्देश यसबारे आइडलका निर्देशक सुरेश पौडेलको विचार बुझ्दा उनले भने, ‘केही प्राविधिक समस्या मात्र देखिएको हो । भोट रविलाई नै गएको छ । केही शंका लागेमा त्यसको समाधान पनि गरिने छ ।’ रविलाई गरेको भोट अमितलाई गएको सन्देश आएपछि भोट गर्नेहरु निकै अन्योलमा परेका छन् ।
यस्तो सन्देश देखिएपछि रविका समर्थक आत्रोशित भएका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत यस्तो कार्यको विरोध गरिरहेका छन् । रविले अहिलेसम्म स्रोता–दर्शकबाट राम्रो साथ पाएका छन् । उनी हालसम्म ‘डेन्जर जोन’ मा समेत परेका छैनन् । आइडलमा उनी बाहेक अमित बराल, सुमित पाठक अस्मिता अधिकारी र बिक्रम बराल बाँकी छन् ।

























