सडकमा दर्जनौं मानिस रातो रगतले लत्पतिएझैं नग्न अवस्थामै थिए

7.64K
shares

बार्सिलोना । स्पेनको बार्सिलोना सहरमा दर्जनौं मानिसहरुले पशुअधिकारको पक्षमा सडकमै आएर बोलेका छन्। छालाजन्य उद्योगहरुले ज्याकेट, कोटहरुकै लागि भनेर पशुहरुको निर्मम हत्या गर्ने गरेको विरोधमा पशुअधिकारकर्मीले विरोध जनाएका हुन्।

उनीहरु सडकमा नग्न अवस्थामा रातो रगत जस्तै पदार्थ शरीरमा दलेर प्रर्दशनमा उत्रिएका थिए। एउटा कोटकै लागि भनेर जनावरको हत्या गरिँदा उनीहरुको बाच्न पाउँने अधिकारसमेत हनन भएको अधिकारकर्मिको भनाई छ। पशुअधिकारको क्षेत्रमा काम गर्ने एनिमा नेचुरलिज समुहको स्पेन शाखाले कतलुन्या प्लाजा अगाडि आयोजना गरेको प्रर्दशनमा दर्जनौं मानिसहरुहरु नग्न र बेहोस जस्तो गरि देखिएका थिए।

त्यस्ता छालाजन्य उद्योगहरु सदाका लागि बन्द गरिनुपर्ने उनीहरुको माग छ। छालाजन्य बस्तु उत्पादनकै लागि ३२ मिलियन जनावरहरुको निर्मम हत्या गरिने गरेको दाबी गरिएको छ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083