सोनम कपुर समलिंगी भएको थाहा पाएपछि अनिल कपुरलाई टेन्सन

5.46K
shares

मुम्बइ। अनिल कपुर, सोनम कपुर, राजकुमार राव, जुही चावला स्टारर फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’को ट्रेलर रिलिज भएको छ । यो फिल्ममा अनिल कपुर र सोनम कपुर पहिलोपटक एउटै फिल्ममा देखिँदेछन् । फिल्ममा पनि यी दुईको भूमिका बाबुछोरीकै छ । शैलु चोपडाको निर्देशनमा बन्ने फिल्मको निर्माण विधु विनोद चोपडा र राजकुमार हिरानीले गर्दैछन् ।

फिल्म आगामी फेब्रुअरी १ मा रिलिज हुने बताइएको छ । २ मिनेट ३४ सेकेण्डको ट्रेलरमा फिल्मको कहानीलाई निकै रोचक तरिकाले बताइएको छ । यद्यपि फिल्मको सबैभन्दा ठूलो ट्वीस्ट फिल्म रिलिज भएपछि नै खुल्नेछ । पंजाबी परिवारका अनिल कपुर छोरी सोनम कपुरको विवाह छिटोभन्दा छिटो गरिदिन चाहन्छन् तर खास कारण उनको विवाह हुन सकिरहेको छेन । यही कारणको वरिपरि फिल्मको कहानी घुम्नेछ । ट्रेलरमा देखाइएअनुसार फिल्ममा सोनम कपुर लेस्बियन (महिला समलिंगी) को भूमिकामा छिन् ।
हेर्नुहोस् ट्रेलर :


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083