फिल्म ‘पञ्चायत’का लागि नायिका नीता ढुङ्गानालाई अमेरिकामा दोस्रोपटक अवार्ड

11.49K
shares

काठमाडौँ । अमेरिकाको कोलोराडोमा आयोजित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा अभिनेत्री नीता ढुंगानाले ‘एक्टर अफ दि इयर’ अवार्ड पाएकी छिन्। उनी फिल्म ‘पञ्चायत’मा गरेको अभिनयको लागि उत्कृष्ट अभिनेत्री घोषित भएकी हुन्।

सन् २०१७ को अक्टोबरमा अमेरिकामा भएको ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी थिइन्। उक्त फिल्म महोत्सवमा फिल्म पञ्चायत पनि उत्कृष्ट घोषित भएको थियो।

नीताले अवार्ड समारोह र अवार्ड पाएपछिको खुशी सामाजिक सञ्जालमा तस्विर पोस्ट गर्दै साटेकी छिन्। लेखेकी छिन्,’सबैलाई धन्यवाद।’ नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्डको संयुक्त प्रस्तुति रहेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को यो तेस्रो संस्करण हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083