ऐश्वर्याकी आमाजुको खुलासाः कुनैबेला सलमान खानसँग प्रेममा थिएँ

4.65K
shares

काठमाडौँ । करण जोहरको कार्यक्रम ‘कफी विद करण’ मा सेलिब्रिटीले जे बोल्छन् त्यसले विवाद निम्त्याउने गर्छ । क्रिकेटर हार्दिक पाण्ड्या र केएल राहुलले यो कार्यक्रममा यतिधेरै बोलेका छन् कि दुबैले भारतीय क्रिकेट टिमबाट अलग्गिनु परेको छ ।

हालै, यो कार्यक्रममा पाहुना बनेर आएकी अमिताभ बच्चनकी छोरी एवं ऐश्वर्याकी आमाजु श्वेता बच्चन नन्दाले आफू कुनैबेला सलमान खानको प्रेममा भएको खुलासा गरेकी छिन् ।

एक र्यापिड फायर राउन्डमा करणले श्वेतालाई सोधे, ‘म जुन सेलिब्रिटीको नाम लिन्छु उनीहरुलाई हटनेटको हिसाबले सूचीबद्ध गर्नुहोस् । सलमान, शाहरुख, आमिर, ऋतिक र अजय ।

श्वेताले सबैभन्दा पहिले सलमानको नाम लिएपछि करणले ‘सलमान तिम्रो टिनएज क्रथ थिए ? भनेर सोधे । यसमा श्वेताले ‘हो’ भन्दै व्याख्या गरिन्, ‘जब हामी बोर्डिङ स्कूलमा थियौं तब मैले सलमान खानको मेने प्यार किया भिसिआरमा हेरेकी थिएँ । मैले फिल्मको पूरा अडियो रेकर्ड गरेकी थिएँ र त्यो दैनिक सुन्थेँ ।

हार्दिकअघि करणको कफी सोमा डाम्यो यी सेलिब्रिटीको मुखः यी हुन् कफी विद करणका पाँच ठूला विवाद श्वेताका अनुसार अभिषेकले उनका लागि सलमान खानले फिल्म ‘मेने प्यार किया’ मा लगाएको क्याप पनि ल्याइदिएका थिए । उनले भनिन्, ‘म राती त्यो क्याप लिएर सुत्थेँ । म सलमानलाई मन पराउन थालेकी थिएँ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083