नाम ‘गरुण पुराड’, संवाद ‘लज्जा शरणम्’

11.56K
shares

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा अहिले कमेडी संवादको बाढी नै छ । चलचित्र २–४ वटा चुट्किला जोडेर बनाउन सकिन्छ भन्ने भ्रममा निर्माता छन् । कथा लेख्नेलाई पनि ठूलो मिहिनेत गर्नै पर्दैन । केही चुट्किला जोडेर केही पात्रलाई अभिनय गराएपछि चलचित्र बन्छ भन्ने भ्रममा यसका मेकर छन् । यसैले पनि अहिले चलचित्र कम, जोक्स सुनाइएका रेडियो नाटक जस्ता बनेका छन् नेपाली चलचित्र ।

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘गरुण पुराड’को त हालत झनै खराब छ । यो चलचित्र बक्स अफिसमा ध्वस्त भैसकेको छ । तर, यसमा प्रयोग गरिएको दुई अर्थ लाख्ने संवादले दर्शलाई मुख छोप्न वाध्य बनाइदिएको छ । निरन्तर असफल चलचित्र निर्देशन गरिरहेका सुवास कोइराला छाडा संवाद राखेर चलचित्र बनाउँदा दर्शक ओइरिन्छन् भन्ने भ्रमबाट मुक्त हुन सकेका छैनन् । जसले गर्दा, यो चलचित्रको नाम एकातिर, काम अर्कैतिर देखिएको छ ।

विशेषगरि, चलचित्रमा कलाकार ‘कर्मा’ले बोल्ने संवाद तल्लोस्तरका छन् । यस्ता संवादले चलचित्र हेर्ने दर्शकलाई भड्काउने निश्चित छ । चलचित्र हेरेर निस्किएका केही दर्शकले यसको संवाद निकै तल्लोस्तरको भएको भन्दै यस्ता बिषयवस्तु र संवादले नेपाली चलचित्रको विकास नहुने प्रतिक्रिया दिएका छन् । यस्ता संवादहरुलाई चलचित्र सेन्सर बोर्डले कसरी पास गर्यो भन्ने प्रश्न पनि उठ्छ ।

नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरासिया, कर्मा, लुनिभा तुलाधर, प्रियंका सिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको व्यापार संवाद जस्तै दयनिय छ । चलचित्रको नाम ‘गरुण पुराड’ भएतापनि, यसको संवादले यसलाई ‘लज्जा शरणम्’ नै बनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083