‘सुवेक्षा’को मायामा रोमान्टिक ‘सुशिल’ (भिडियोसहित)
वि.सं.२०७५ माघ १३ आइतवार १६:४८
shares

काठमाडौँ । माघ १८ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘रणवीर’को रोमान्टिक गीत मायामा सार्वजनिक गरिएको छ । यो गीतको छायांकन पोखरामा गरिएको हो । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुशिल सिटौला र नायिका सुवेक्षा खड्कालाई फिचरिङ गरिएको छ ।
गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत छ । हर्कुलस र प्रविशा अधिकारीले गीतमा स्वर दिएका छन् । भिडियोलाई गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् ।
नायिका खड्काले भनिन्–‘प्रेमभाव बोकेको गीतमा पहिलो पटक देखिदा खुशी लागेको छ । दर्शकलाई यो गीतले प्रेमको महशुश गराउँछ ।’ यो चलचित्रमा सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , रवि गिरी , भोलाराज सापकोटा , शैलेश्वरी सिंह लगायतको अभिनय छ । गोविन्द सिंह भणडरीको चलचित्रमा लेखन तथा निर्देशन छ । गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा यो चलचित्र बनाएका हुन् ।
हेर्नुहोस् भिडियो :

























