रिलिजपूर्व नै हिट हुन सफल गित चलचित्र ‘फिङ्गर प्रिन्ट’को ‘चाहिदैँन भो’
वि.सं.२०७५ फागुन ५ आइतवार १७:१४
shares

काठमाडौ । नवीन निरौला निर्देशित फिल्म ‘फिङ्गर प्रिन्ट’मा समावेश ‘चाहिदैँन भो’ बोलको गित सार्वजनिक भएको छ। नवीनकै लेखन र सम्पादन रहेको फिल्म फागुन १० गते प्रदर्शनमा आउदैछ। यो गितमा दयाराम पाण्डेको शब्द छ भने अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ। यो गित चलचित्र रिलिजपूर्व नै हिट हुन सफल भएको छ ।
कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन) ले निर्माण गरेको फिल्ममा दीपक त्रिपाठी, सरिता लामीछाने,राज क्षितिज, रमेश बुढाथोकी,आयुष्मा कार्की,आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल,सुवास कार्की,जेसिका भुसाल लगायतका कलाकारले अभिनय गरेका छन्।
शंकर आचार्य र अनिल श्रेष्ठ सहनिर्माता रहेको फिल्म मेडिकल साइन्सको बिषयमा निर्माण गरिएको निर्देशक निरौला बताउछन्। सुमन तण्डुकार र राहुल राईले खिचेको फिल्ममा फिङ्गर प्रिन्टको दुरुपयोगले बिश्वमा हुन सक्ने अपराध लगायतका बिषय प्रस्तुत गरिएको छ।
हेर्नुहोस् भिडियो :

























