‘सालको पात’ पछि विष्णु माझीको ‘लालुमाई’ सार्वजनिक (भिडियोसहित)

5.69K
shares

काठमाडौं । गायक सन्दिप न्यौपानेको नयाँ गीत ‘लालुमाई’ सार्वजनिक भएको छ। शिव हमालको शब्द तथा लय सृजना तथा गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाजमा रहेको ‘लालुमाई’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो।

प्रकाश भट्टको निर्देशनमा रहेको लालुमाई गीतको भिडियोमा गायक सन्दिप न्यौपाने र श्रृष्टी खड्काको अभिनय रहेको छ। मौलिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको यस भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ।

नेपाली टिपिकल शब्दको प्रयोग भएको यस गीतमा मोडलहरुलाई पनि मौलिक नेपाली पहिरनमा देख्न सकिने छ। गोदावरीका रमणिय स्थानमा छायांकन भएको यस भिडियोमालाई दर्शक स्रोताले मन पराउने बिश्वास लालुमाई टिमले लिएको छ।

भिडियोः


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083