सुनीता र प्रकाशको ‘मुखैमा चिनी….’ मा केकी र गम्भिरको अभिनय (भिडियो)

5.88K
shares

काठमाडौं। चर्चित लोक गायिका गायिका सुनिता दुलाल नयाँ गीत लिएर दर्शक तथा स्रोतामाझ आएकी छन्। उनले सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘मुखैमा चिनी…..’ बोलको गीत सार्वजनिक गरेकी हुन्। गायिका दुलाल आशन्न ‘नेपाल लोक स्टार’की निर्णायक पनि हुन्।

सुनिता दुलालको आवाजमा सजिएको ‘मुखैमा चिनी….’ गीतको म्युजिक भिडियोमा चर्चित नायिका तथा निर्देशक केकी अधिकारी र चर्चित कोरियोग्राफर गम्भिर विष्ट फिचर्ड छन्। भिडियोलाई गम्भिर विष्टले निर्देशन नै गरेका छन्।

सार्वजनिक यस गीतमा सुनिता दुलाललाई स्वरमा चर्चित लोक गायक प्रकाश सपूतले साथ दिएका छन्। शब्द तथा लय पनि प्रकाश सपुत स्वयंमको रहेकोछ भने बिबि अनुरागीले संगीत संयोजन गरेका छन्।

हेर्नुस् भिडियोः


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083