सरिता बनिन् ‘मिस तामाङ २०१९’, जितिन् एक लाख
वि.सं.२०७५ फागुन २२ बुधवार ११:४४
7.09K
shares
shares

काठमाडौं। एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृतिक केन्द्रले संयुक्त रुपमा आयोजना गरेको ‘मिस तामाङ २०१९ को ताज सरिता गिरीले जितेकी छिन्।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न ग्राण्ड फिनाले समारोहमा सरितालाई मिस तामाङ २०१९ घोषणा गरियो।
उनी २२ प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै विजेता बनिन्। जीतसँगै सरिताले नगद एक लाख, सिल्भर क्राउन र गिफ्ट पाइन्। विजेता सरितालाई सन् २०१८ की विजेता सिमरन स्याङबोले ताज लगाइदिएकी थिइन्।
यस्तै सविना दोङ फस्ट रनर अप बनिन् भने अप्सरा स्याङतान सेकेन्ड रनर अप बनिन्। मिस तामाङ २०१९ को थर्ड रनर अपमा कविता योञ्जन र फोर्थ रनर अपमा लक्की स्याङ्ग्बोले नाम लेखाए।

























