सन्तोष बने नयाँ मिष्टर नेपाल

7.68K
shares

काठमाडौँ । सन्तोष उपाध्याय नयाँ ‘मिस्टर नेपाल’ बनेका छन् । बिहिबार राती होटल अन्नपूर्णमा सम्पन्न ‘मिष्टर नेपाल २०१९’ को ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका छन्।

मोष्ट ट्यालेन्ट र मोष्ट फोटोजेनिकको उपाधि समेत जितेका बिजेता उपाध्यायले उपाधिको साथमा बाइक, नगद २५ हजारको साथमा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।

प्रतियोगितामा दिलराज न्यौपाने फस्ट रनरअप चुनिए । विमल पाण्डे सेकेन्ड रनरअप चुनिँदा प्रिन्स अभी थर्ड रनरअप र अभिनास चौधरी फोर्थ रनरअप घोषित भए ।

एक्सपोज नेपालको आयोजना रहेको र शिवानी एयर मुख्य प्रायोजक रहेका यस शोको कलाकार कृष्ण मल्ल, विज्ञानराज शर्मा, केदार कोइराला, कोरियोग्राफर महेश केसी, भरत ढकाल, हिमानी सुब्बा, हरि सिलवाल, मिष्टर नेपाल अक्षयजंग रायमाझी निर्णायकको भूमिका खेलेका थिए ।


divya collage
unigloble collage