मकवानपुरमा सुमो दुर्घटना ,३ जनाको मृत्यु ५ जना घाईते

6.11K
shares

काठमाडौं। रौटहटको चपुरबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार साढे १२ बजे मकवानपुर इन्द्रसरोवर गाउँपालिका ३ ओखलडाँडाको ‘सिस्नेरी-काठमाडौं’ सडकखण्डमा सुमो दुर्घटना भएको हो । दुर्घटना हुँदा पाँच जना घाइते समेत भएका छन् ।

मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर ललन कुर्मितले जानकारी दिए । घाइतेहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083