रसुवा बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन
वि.सं.२०८३ भदौ १० बुधवार २०:३९
364
shares
shares

१० भदौ, काठमाडौं । रसुवामा आएको बाढीका कारण ४०३ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ३४१ विदेशी र ६२ नेपाली पर्यटक छन् ।
सम्पर्कविहीन पर्यटकमध्ये २०३ पुरुष र २०० महिला छन् । सबैभन्दा धेरै भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् । बोर्डका अनुसार १३३ भारतीय पर्यटक सम्पर्कविहीन छन् ।
त्यसपछि अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४, मलेसियाका १९, युक्रेनका ७ र दक्षिण अफ्रिकाका ६ जना छन् ।
यस्तै, सिंगापुरका ६, न्युजिल्यान्ड र जापानका ५र५, जर्मनीका ४, फ्रान्सका ३ तथा स्पेनका २ पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन पर्यटकको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

















