बलिउड अभिनेता इरफान खानकी आमाको निधन

6.42K
shares

नयाँ दिल्ली ।

बलिउड अभिनेता इरफान खानको परिवार शोकमा डुबेको छ। शनिबार साँझ इरफान खानकी आमाको निधन भएको हो।  लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएकाले उनकी आमा सईदा बेगमको ७१ वर्षको उमेरमा शनिबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आमाको निधन भएपनि अभिनेता इरफानले आमाको अन्तिम दर्शन समेत गर्न पाएका छैनन्।  भारतमा भएको लकडाउनका कारण उनी आफ्नी आमाको अन्तिम संस्कारमा उपस्थित हुन नसकेको समाचारमा जनाइएको छ।

उनी यतिबेला आफ्नो निवास जयपुरमा छैनन्। समाचारका अनुसार यतिबेला इरफान खान आफ्नी पत्नीसँग जयपुर भन्दा धेरै टाढा छन्।  लकडाउनका कारण उनले यात्रा गर्न नपाउँदा उनी आमाको अन्तिम संस्कारका लागि आउन नसकेको बताइएको छ। उनकी आमाको शनिबार साँझ नै अन्तिम संस्कार गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083