दिवेश पोखरेलले गरे भोट गर्न सबै नेपालीमा अपिल

11.02K
shares

काठमाडौँ ।

विश्वकै ठूलो गायन रियालिटी शो अमेरिकन आइडलमा दमदार प्रस्तुती दिदै दर्शक तथा जजको मन जित्दै आएका नेपाली युवा दिवेश पोखरेलले भोट गर्न सबै नेपालीमा अपिल गरेका छन्।

अमेरिकन आइडलमा विभिन्न चारणहरु पार गर्दै अगाडि बढिरहेका पोखरेललाई अब अगाडि बढ्नको लागि फ्यानको सहयोग आवश्यक पर्ने भएको भएकाले भोट गरेर आफूलाई जिताउन सबै नेपालीमा अपिल गरेका छन्।

उनले भोटिङ गर्ने तरिकाका बारेमा पनि जानकारी गराएका छन्।  दिवेशले आफ्नो फेसबुक पेजमार्फत सबै फ्यानहरुलाई भोट गर्न अपिल गरेका हुन्। साथमा उनले आफूलाई यहाँसम्म अघि बढाउन सघाउने सबैलाई धन्यवाद दिएका छन्।

संसारभरका संगीतप्रेमीको मन जितेका दिवेशलाई जिताउन भोटिङको अभियान पनि सुरु गरिएको छ। उनका परिवार र साथीभाइहरुसहित नेपाली फ्यानहरुले उनका लागि भोट गर्न अपिल गरिरहेका छन्।

https://www.facebook.com/arthurgunn122/posts/3209123785979498:0


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083