टेस्ट टिजरमा गोर्खा वारियर

6.62K
shares

काठमाडौं ।  निर्माता निर्देशक मिलन चाम्सले गोर्खालीको वीरगाथामा आधारित रहेर बनाउने अन्तर्राष्ट्रिय फिल्म गोर्खा वारियरको टेस्ट टिजर सार्वजनिक गरेका छन्।

यो किसिमको टेस्ट टिजर हलिउडमा बनाउने गरे पनि आफूले पहिलोपटक प्रयोग गरेको मिलनले बताए।  टिजरमा समावेश दृष्यहरु फिल्ममा नरहने र नेपाली फिल्म क्षेत्रमा पहिलो पटक यस किसिमको प्रयोग गरिएको निर्देशक चाम्सले बताए।

‘यदि कोही मर्नसँग डराउँदिनँ भन्छ भने कि ऊ झुट बोल्दै छ कि त ऊगोर्खाली (नेपाली) हो’ फिल्ड मार्सल शाममा नेस्का”को यो भनाइ समावेश टिजर नवनायक रितेश चाम्सको स्क्रिन टेस्ट गर्नका लागि नेपालमा नै छायांकन गरिएको मिलनले जानकारी गराए।

वीर गोर्खालीको गाथामा बन्ने गोर्खा वारियरको असहज समय सामान्य भएपछि छायांकन शुरु हुने जानकारी पनि उनले दिए।फिल्ममा कलाकारका रुपमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन फाइनल भएका छन्। हलिउड कलाकारको पनि अभिनय रहने फिल्मबाट रितेश चाम्सले डेब्यु गर्नेछन्। ठूलै धक्का परेको छ ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083