लोकप्रिय गीतकार रत्नशमशेर थापाको निधन

8.23K
shares

काठमाडौं । लोकप्रय गीतकार रत्नशमशेर थापाको निधन भएको छ । आज दिउँसो १२ बजे नर्भीक अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको ८१ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय गीतकार थापाले थुप्रै लोकप्रिय गीतहरुको रचना गरेका छन् । जसमध्ये ‘घुम्तीमा नआउ है’, ‘जाग लम्क चम्क हे नौ जवान हो’ ,’ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’,’बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा’ आदी गीतहरु चर्चित छन् । थापा साहित्यको छोटो बिधा मुक्तक लेखनको शैलीका कारण पनि लोकप्रिय थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083