सुशान्त राजपुतको आत्महत्या पछि, छिमेकी भाउजुले गरिन प्राण त्याग

9.2K
shares

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको घटना सेलाउन नपाँउदै उनको भाउजुको निधन भएको छ । सुशान्तको मृत्युको थाहा पाएपछि उनकी भाउजुले पनि प्राण त्याग गरेको भारतीय मिडियाले जनाएका छन् ।

बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवी देवर सुशान्तको मृत्युको खबरले निधन भएको भारतीय सञ्चारमाध्यमको दाबी छ । ज्यान गुमाउने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन् । सुधा देवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ । सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083