आँचल र निराजन अभिनित ‘माया बैगुनी’ सार्वजनिक

15.35K
shares

काठमाडाैं । दशैँको कोशेली स्वरूप गायक विजय शंखर र गायिका विमोचना लोम्जेल आफ्नो नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत स्वयम् गायक विजय शंखरको रहेको छ ।यस गीतलाई टेकेन्द्र याक्शो लिम्बुले संगीत संयोजन गरेका हुन्।

प्रेम गर्न चाहने युवा युवती विचको फकाउने खोज्ने तरिका र ठट्टालाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडेल निराजन प्रधान फिचर्ड छन्।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका हुन्। सोनाम पाख्रिनको निर्देशनमा भिडियो तयार पारिएको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083