२०२० को ताज पहिरहन जित्न आकृति तामाङ सफल

8.71K
shares

काठमाडौँ । एस.के. इन्टरटेनमेन्ट प्रा.लिले आयोजना गरेको मिसेस तामाङ -२०२० को ताज पहिरन आकृति तामाङले जित्न सफल भएकी छिन् । उनले ताजसंगै मिसेस पपुलर र मिसेस प्रसनालिटी टाईटल समेत जित्न सफल भएकी थिइन् । त्यसै गरी क्रान्ति लामा योञ्जन फर्स्ट रनरअप, पब्लिक च्वाईस र मिसेस कन्फिडेण्ट, मिना कुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेण्ड्लि, मुना तामाङ थर्ड रनरअप र बेष्ट वाल्कको उपाधी जित्न सफल भएका थिए ।

प्रमुख अतिथि बागमती प्रदेशको उपसभामुख राधिका तामाङको आतिथ्यतामा राजधानीमा सम्पन्न भएको उक्त प्रतियोगितामा बिशेष अतिथिहरु पूर्व मन्त्रि पर्शुराम तामाङ र पुर्व सांसद एवम् नेकपाका नेता धन बहादुर घले रहेका थिए। बिगत ३ बर्षदेखि एस.के. इन्टरटेनमेन्ट प्रा.लिले मिसेस तामाङ आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको निर्णायकहरु केशब थापा, शान्ति वाईबा तामाङ,रोशन फ्युवा तामाङ, बिगेन्द्र वाईबा तामाङ र प्रमुख निर्णायकमा प्रभात तामाङ रहेका थिए ।

प्रतियोगिताका बिजेताहरुले नगद रुपयाँ ५०,२५,१५ र १० हजार सहित विभिन्न उपहार समेत पाएका थिए। तामाङ समुदायको कला संस्कृति भेषभूषा, रिति-रिवाज एबम रहन-सहनलाई उजागर गर्दै विवाहित गृहणी र व्यवसायिक तामाङ महिला दिदि-बहिनि मार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवद्र्धन र सामाजिकीकरण गर्ने उदेश्यले आयोजना गरिएको मिसेस तामाङ -२०२० समग्र जनजातिहरुको पहिचान बनाउने उदेश्य हो ।

प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन कोरियोग्राफर रोजिन शाक्य मार्फत एक महिना सम्म विशेष प्रशिक्षण पाएका थिए । प्रतिसप्रधालाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिएको जानकारी आयोजक संस्थाकी अध्यक्ष शान्ता लामा तामाङले बताइन् ।

प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिसप्रधा गर्न अनि आफ्नो आत्मा विश्वास बढाएर भोलिको दिनमा ट्रेनीङ बाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनु नै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङले बताईन् । यस सौन्दर्य प्रतियोगीताले विबाहित तामाङ नारि बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि विश्वस्त छिन् । प्रतियोगिताको सञ्चालन फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।


divya collage
unigloble collage