आशीष सचिनको फरक प्रयास : यस्तो बन्यो ‘ए मुना’

9.72K
shares

काठमाडौं । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’ जस्ता सफल गीतका गायक आशीष सचिनको नयाँ गीत सार्वजनिक भएको छ।

सार्वजनिक ‘ए मुना’ बोलको गीतमा आशिषसँगै प्रविशा अधिकारीको पनि स्वर सुन्न सकिन्छ। स्याड भर्जनमा तयार भएको यस गीतमा सन्तोष सुनारको शब्द तथा संगीतमा रहेको छ।

गीतको भिडियोमा गायक आशिष सचिन र सम्पदा बानियाको अभिनय देख्न सकिन्छ। भिडियोमा प्रेम र विछोडको पीडालाई देखाइएको छ।

मनोज बस्नेतको कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्। भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।

https://youtu.be/niGYDGuOs9s


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083