ऋचा शर्माको ‘कौसीद’

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा थोरै अभिनयको अनूभव हुनेबित्तिकै नायिकाहरु आफैं फिल्म बनाउने लहर चल्दै आएको छ । यस्तै, अहिले ऋचा शर्माले पनि आफैं फिल्म निर्माण गर्न लागेको घोषणा गरेकी छन् ।

नायिका ऋचा शर्माले अंग्रेजी नयाँ बर्षको अवसर पारेर नयाँ चलचित्र निर्माणको घोषणा गरेकी हुन् । उनले चलचित्र ‘कौसीद’ निर्माण गर्न लागेको बताएकी छिन् ।

केदार भुषाल निर्माता रहने उक्त चलचित्रलाई कुमार भाष्करले निर्देशन गर्दैछन् । यस्तै, चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा लक्ष्मण बाँनिया सह–निर्माताको रुपमा छन् भने दीमेश श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् । बैंकबाट ऋण लिने मानिसको कथामा यो चलचित्र बन्ने यसको फस्टलुकबाट अड्कल लगाउन सकिन्छ ।

१८ पुस २०७७, शनिवार १२:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु